यसरी मिल्छ यौन आनन्द!

यसरी मिल्छ यौन आनन्द!
 मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
 पुरुषमा सहवासको क्षणः लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ । रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।

वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।

 महिलामा यौन कार्यको लक्षणः यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् । यौन उत्तेजना एवं यौन रस उत्पादनः यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger