करिअर जोगाउन झरना र रेखा भगवान पुकार्दै
मानिसले भगवानलाई दुःखमा धेरै संझन्छ । जब जीवनमा संकट आइपुग्छ यसपश्चात मानिस भगवानको नाम जप्न थाल्छ । नायिका रेखा थापा र झरना थापाले दोलखाको भिमसेेन मन्दिरमा पुगेर पुजा गरे । थापाद्धय नायिकाको सिने करिअर अहिले ओरालो लागिरहेको छ । नायिका रेखा थापा पछिल्लो समयमा विभिन्न कुराले आलोचित बनिरहेकी छिन् । उनलाई ‘बोल्यो कि पोल्यो’ को अवस्था छ । यसैले पनि उनी संकटमा परेको करिअर जोगाउन दोलखा नै पुगेको अड्कल धेरैको छ । उसो त नायिका थापाले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हमेशा’ को सफलताको लागि मन्दिर आएको बताएकी छिन् ।

जेहोस्, रेखा र झरना करिअर ओरालो लाग्न थालेपछि पुजापाठमा दौडिएका छन् । हेरौ, दर्शकले साथ दिन छोडेका रेखा र झरनालाई भगवानले भने कत्तीको साथ दिने हुन् ।
|