एसएलसी दिएका किशोरीलाई ब्युटी प्याजेन्टमा सहभागी गराउने होडबाजी

 नेपालमा सौन्दर्य प्रतियोगिताको आयोजना सस्तो बन्दै गएको छ । कुनै समय सौन्दर्य प्रतियोगिताको विजेताको चर्चा निक्कै हुने गर्दथ्यो । तर हिजोआज नेपालकै सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट भनिएको ‘
मिस नेपाल’ को चर्चा समेत सेलाउँदै गएको छ ।यसैक्रममा एसएलसी दिएर बसेका किशोरीहरुलाई समेत विभिन्न ब्युटी प्याजेन्टको नाम दिएर सहभागी गराउने लहर नै चलेको छ । यो बर्ष मात्र एसएलसी दिएर बसेका युवतीहरुलाई सहभागी गराएर २ वटा ब्युटी प्याजेन्टको आयोजना हुने भएका छन् । सिजन मिडियाले यो बर्ष पनि ‘एसएलसी पि्रन्सेस’ को आयोजना गर्ने भएको छ ।

 विगत २ बर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले आवेदन र्फम खुल्ला गरेको बताएको छ । प्रतियोगितामा विजयी हुनेले २ लाख बराबरको छात्राबृत्ती, ल्यापटप लगायतका पुरस्कार पाउनेछिन् । प्रतियोगितामा उपत्यका भित्रबाट ४० र मोफसलबाट १० किशोरीलाई सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल असार १ गते हुनेछ । यस्तै एसएलसी दिएर बसेका विद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले ‘इ प्लानेट’ नामक संस्थाले पनि ‘मिस एसएलसी’ को आयोजना गर्ने बताएको छ । अडिसनको लागि आवेदन र्फम चैत्रको अन्तिम सातामा खुलाइने आयोजकले बताएको छ । ब्युटी प्याजेन्ट नाफामुलक हुँदै गएपछि यसको नाममा व्यापार पनि सुरु भएको छ । नेपालमा विभिन्न नाम दिएर हुने ब्युटी प्याजेन्टका कारण यसको महत्व र चर्चा घट्दै गएको पाइन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger