मेस्सीको सुनको खुट्टा बिक्रिमा ..

मेस्सीको सुनको खुट्टा बिक्रिमा २५ फागुन, काठमाण्डौ । बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको देब्रे गोडाको हूबहू नक्कल गरिएको सुनको गोडाको आकृति जापानमा विक्रिका लागि राखिएको छ । मेस्सीले लगातार चौथो पटक सर्वश्रेष्ठ फुटबलरको उपाधी जितेपछि सुनको गोडा बनाइएको हो । सन् २०१२ मा मेस्सीले एक क्यालेण्डर वर्षको सर्वाधिक ९१ गोल गरेपछि टोक्योको सुन पसल ‘गिन्जा तानाका’का कालिगढहरुले स्पेन पुगेर मेस्सीको गोडाको आकृति लिएका थिए । २५ किलो सुनबाट बनेको यसको मूल्य ५० करोड जापानी येन तोकिएको छ । यसको विक्रिबाट हुने फाइदा मेस्सी फाउण्डेसनको माध्यमबाट भूकम्प र सुनामी प्रभावितका बालबालिकालाई वितरण गरिनेछ । मेस्सीको खुट्टा सार्वजनिक गर्ने कार्यक्रमलाई टोक्योमा सम्बोधन गर्दै मेस्सीका भाई रोड्रिगोले भने– यो कला एकदमै चमत्कारिक छ, खुट्टाका प्रत्येक लाइन यसमा कोरिएका छन् ।’ डेढ सय थान पदचाप यसबाहेक ज्वेलरीले मेस्सीको पदचाप अंकित ५० थान ‘गोल्डेन फुट प्लेट’ निर्माण गरेको छ जसको मूल्य ६२ हजार ७ सय पाउण्ड रहेको छ । यस्तै १ सय थान ‘गोल्डेन फुट मिनिज’ पनि बिक्रिमा राखिएको छ जसको मूल्य २७ हजार ८ सय ५० पाउण्ड पर्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger