प्रसिद्ध पर्यटकीय गाउँ लुम्लेस्थित बालमन्दिर माविको छात्राबासमा बस्ने ६८ बिद्यार्थी भागेर पोखरा आएका छन् । आफूहरुमाथि शिक्षकबाटै दुब्र्यबहार भएको भन्दै सोमबार राति उनिहरु भागेर पोखरा आइपुगेका हुन । होस्टलका सबै बिद्यार्थी बिहान ७ बजेतिर बिद्यालयबाट भागेका थिए । ४, ५, ६ र ७ कक्षाका १८ छात्रासहित उनीहरु राति पोखरा आएर नगर बिकास प्रशिक्षण केन्द्रमा बसेका छन । विभिन्न २२ जिल्लाका ती बिद्यार्थीहरुले खाना स्वस्थ नभएको, सुत्ने कोठा पनि अब्यस्थित, बिरामी हुँदा आवस्यक औषधोपचार नपाईएको र शिक्षकबाटै दुब्र्यवहार भएकाले भाग्न बाध्य भएको बताए । आफूहरुलाई बाहिरबाट आएका भन्दै विभिन्न गालीगलौज गर्ने र असमान ब्यवहार गरिएको बिद्यार्थीले गुनासो गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुस्...
|