गुफा भित्र दुखाईको उपचार...(फोटो फचिर)

गुफा भित्र दुखाईको उपचार...(फोटो फचिर) 
तपाई हामी शरिरमा दुखाई बढ्न थाल्यो भने चिकित्सककोमा जाने गर्छौ जचाउँन र दुखाईको कारण बारे थाहा पाउन तर अष्ट्रिया र जर्मनीका धेरै मानिसहरू आफ्नो दुखाई कम गर्न एउटा गुफामा जाने गर्न थालेका छन् । सुन्दा अचम्म पनि लाग्ने, दुखाई कम गर्नका लागी गुफामा । तर यो कुरा सत्य हो की अष्ट्रियाको एक पहाडी इलाकामा रहेको एक गुफामा गएर बस्दा आफ्नो शरिरमा रहेको दुखाइ कम हुने गर्दछ । अष्ट्रियाको ग्यास्टिन हेलिङ केभमा आजकल दुखाईको उपचारका लागि मानिसहरूको भिड लाग्ने गरेको छ । जोर्नी दुखेको, ब्रोन्काइटिस, छालाका रोग लगायत अन्य रोगको समेत उक्त गुफामा निदान हुने त्यहाँबाट फर्केका मानिसहरुले बताएका छन् भने गुफा भित्रै ओछ्यानको व्यवस्था गरिएको छ । अनुसन्धानकर्ताहरू अनुसार उक्त गुफामा रहेको र्याडन ग्यासका कारण मानिसको शरिरमा रहेका विभिन्न रोगहरू सञ्चो हुने गर्छ । गुफाका पवालबाट निस्कने तरल पदार्थहरूले पनि यस प्रक्रियालाई साथ दिने उनीहरूको भनाई छ । गुफामा हुने यस्तो उपचारका बारेमा मानिसहरूलाई तब मात्र ज्ञान भयो जब उमेरले ४० कटेका केही मानिसहरू उक्त गुफामा सुन खोज्नका लागि पसेका थिए । त्यहाँ सुन खोज्ने क्रममा केही दिन गुफाभित्र रहेर बाहिर निस्कँदा उनीहरूलाई शरिरमा केही नयाँपन अनुभव भएको तथा शरिरमा रहेको दुखाई पनि कम भएको अनुभव गरेका थिए । यसपछि उनीहरूमार्फत नै यस गुफाबारे सबैले जानकारी पाएको बताइएको छ । हेरौ गुफाभित्रका उपचार केही तस्विरहरू... 




Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger