काठमाडौ, फाल्गुन १८ – कपाल पाल्नु भएको वा कानमा मुन्द्रा लगाउनु भएको छ ? सावधान !प्रहरीले लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई आधुनिक युवा होइन, चो, गुण्डागर्दी, लुटपाटमा संलग्न भएको शंका गर्छ । र, ठेगाना, हुलिया, तस्वीर र औठा छाप लिएर कपाल काटिदिन्छ, मुन्द्रा फुकाल्छ ।
राजधानीमा सोमबार र मंगलबार ग एक हजार भन्दा बढी युवा लामो कपाल र मुन्द्रा लगाएको ‘अपराध’ मा समातिए । कपाल काटन र मुन्द्रा फुकाल्न लगाएर अभिभावकको जिम्मा लगाइयो ।
प्रहरीको बुझाईमा यसो गर्नु भनेको एउटा ‘चुल्ठे-मुन्द्रे’ एउटा भद्र व्यक्तिमा परिवर्तन भई महानगरमा चो, लुटपाट, डकैती र गुण्डागर्दीका घटनामा कमी आउनु हो ।
यसले तत्कालीन प्रह अधिकृत (पछि महानिक्षकसम्म भएका) अच्युतकृष्ण खरेलको कपाल पाल्ने, मुन्द्रा लगाउनेलाई तह लगाउने शैली पुनरावृत्ति भएको महसुस गराएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस .....
|