इजरायलमा सलहको आतंक … (फोटो फिचरसहित)

सलह भन्ने फंट्याग्राले बाली नाली सखाप पार्ने गर्छ । सलहले बाली सखाप पारेका घटना हामीकहाँ पनि भएका छन् । अहिले मध्यपूर्वी एसियाली देश इजरायलमा सलहले आतंक मच्चाएका छन् । छिमेकी देश इजिप्टबाट उडेर आएका यी फट्ंयाग्राले बालीनाली सखाप पार्न थालेपछि अहिले इजरायलका लागि टाउको दुखाइ बनेको छ । सरकारले सलह नियन्त्रणका लागि कार्यदल नै बनाउनु परेको छ । सलह नियन्त्रणको आकस्मिक कार्य गर्नका लागि संकटकालीन हटलाइन सेवा संचालन गरिएको छ । झण्डै १० लाख सलह इजिप्टबाट उडेर आएको अनुमान इजरायल सरकारको छ । केही समयअघि इजिप्टमा ठूलै आतंक मच्चाएर कृषिबाली ध्वस्त पारेपछि सलहको बथान इजरायलतिर लागेको हो । इजिप्टमा झण्डै ३ करोड सलहले आतंक मच्चाएको र निकट भविष्यमा इजरायलमा पनि त्यत्तिकै संख्यामा सलह पुग्ने अनुमान गरिएको छ । सुरुमा एक रातभरमा इजिप्टबाट आएका सलहले २ हजार एक्कड मरुभूमि क्षेत्र ढाकेपछि सबै अचम्ममा परेका थिए । त्यसयता पनि ठूलो संख्यामा सलहका बथान इजरायल छिरेका छन् । इजरायल सरकारले यी फट्ंयाग्रा मार्न जहाजबाट विषादी छर्किन सुरु गरिसकेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger