हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
|