दुबै मृगौला खराब भएर आर्थिक अभावका कारण उपचार गराउन नसकेका वुटवलका असोककुमार नेपालको सहयोगार्थ निलहिरा समाजले कन्सर्टको आयोजना गरेको छ । असोकको हाल भारतको पीजीआई अस्पतालमा उपचार भइरहेको छ ।कार्यक्रममा नृत्य, फेसन शो लगायतका प्रस्तुती समावेश गरिएको थियो । कार्यक्रम हेर्नका लागि १ हजार दर्शक उपस्थित रहेको आयोजकले बताएको छ । कार्यक्रममा निलहिरा समाजकी केन्दि्रय मानव अधिकारबादी नेतृ भूमिका श्रेष्ठ, बीनिता शाही, आमन्त्रिका घर्ती, नाजिया श्रेष्ठ, सीमरन शेरचनका साथमा सारस कला केन्द्रका कलाकारहरुले २९ वटा नृत्य गरेका थिए ।
यस्तै कार्यक्रममा ग्राउन र क्याजुअल फेशन शो पनि प्रस्तुत गरिएको थियो ।
|