टाइट जीन्स पेन्टले तपाईलाई बनाउन सक्छ नपुंसक त्यसैले हुनुस् सावधान

अहिले महिला होस या पुरुष दुवैको रोजाइ जीन्स पेन्ट रहेको हुन्छ । त्यसमा पनि टाइट जीन्स लगाउने क्रम महिलामा मात्र नभएर पुरुषमा पनि बढी रहेको छ । तर टाइट जीन्स पेन्ट पुरुषहरुको लागि यति नोक्सान गर्ने गर्छ कि यसले पुरुषहरुलाई नपुंसक नै बनाइदिन्छ । हालै ब्रिटेनमा गरिएको एक अनुसन्धानमा टाइट जीन्स पेन्ट लगाउनाले पुरुषहरुमा शुक्रकिट घट्ने तथ्य बाहिर आएको छ । ब्रिटेनको सो अध्ययन ५१३ पुरुषहरु माथि गरिएको थियो । 
 सो अध्ययन अनुसार टाइट जीन्स लगाउने पुरुषमा शुक्रकिटको मात्रा कम हुदै गएको थियो भने साथमा एसटीडी ( सेक्सुअली ट्रांस्मीटेड डिजीज ) को खतरा पनि बढी हुने गर्छ । शोधका अनुसार टाइट फिटिंग जीन्सबाट पुरुषको कम्मरको तल भाग हिपको शारीरिक तापक्रम अधिक हुने गर्छ र मासंपेशीको अक्सीजन जान नपाउने हुदा टेस्टिकल्समा भएको शुक्रकिट नष्ट हुने गर्छ । यसको अलावा पनि टाइट जीन्स पेन्टबाट पुरुष वा महिलामा युरीनरी ट्रैक र ब्लेडरसंग सम्बन्धित वा नर्व ड्यामेजको आशंका पनि रहेको छ । त्यसैले आफ्नो स्वास्थ्यका लागि स्किन टाइन जीन्स पेन्टबाट अलि टाढा नै रहनु होला ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger