अमेरिकामा जन्मँदै आँखा र नाक नभएकी एक किशोरीले नाक पाउने भएकी छिन् । नर्थ क्यारोलिनाकी १६ वषर्ीया ती किशोरीको चार्लोटमा रहेको एक बाल अस्पतालमा शल्यक्रिया गरी नाक प्रत्यारोपण गरिने भएको हो ।
उनको खप्परको हाड तथा कुरकुरे हाडबाट नाक तयार गरी दुइ हप्ताको शल्यक्रिया पछि नाक प्रत्यारोपण गरिने बताइएको छ । त्यसको लागि तिनवटा शल्यक्रिया गर्नुपर्नेछ । क्यासिडी हुपर नामकी ती किशोरी शल्यक्रिया पछि अब गन्ध थाहा पाउन तथा नाकबाट स्वास फेर्न सक्ने हुनेछिन् । आँखा नभएपनि अब नाक भएपछि उनलाई निकै सजिलो पक्कै हुनेछ ।
उनी जन्मिँदै उनको नाक तथा आँखा थिएनन्, जसले चिकित्सकलाई पनि अचम्ममा पारेको थियो । उनका सरीरका अरु भित्री अंग भने स्वस्थ छन् । सर्जरी गरेपछि अब आफ्नोपनि नाक हुने कुराले उनी निकै खुसी छिन् । उनको उपचारका लागि डाक्टर डेभिडले पाँच वर्षदेखि अनवरत प्रयास गरिरहेका छन् । उनको नाक हुने स्थानमा प्वाल स्थापना गर्नेदेखि लिएर नयाँ नाक प्रत्यारोपणका लागि सहज स्थान तयार गर्ने काममा उनले सफलता प्राप्त गरिसकेका छन् ।
नाक र आँखा नभएकी ति किशोरीको पत्रकार बन्ने धोको रहेछ । अब नाक प्रत्यारोपण गरेपछि आफु रेडियोकर्मी बन्ने उनी बताउँछिन् । यसका लागि उनले स्थानीय एक रेडियो स्टेशनमा अभ्यास पनि गर्ने गर्छिन् । शुभकामना छ यी हिम्मतिली किशोरीलाई
|