अब दुईटी आमाले एउटै सन्तान पाउन सक्ने
अहिलेसम्म स्थापित तथ्य हो- बच्चाकी आमा एउटा मात्र हुन्छिन र बाबु पनि एउटा मात्र । तर, अब बेलायतका बैज्ञानिकहरुको अध्ययन सफल भयो भने एक बच्चाको पछाडी दुई आमा र एक बाबु हुने
छन् ।
यो प्रक्रियामा दुई आमा र एक बाबुका डीएनए मिलाएर आईवीएफ प्रविधीको सहयोगमा बच्चाको विकास गरिन्छ । यसबारे बेलायती संस्था ‘द हृयूमन फर्टिलाइजेशन एण्ड एम्बि्रओलोजी अथोरिटी’लाई रिपोर्ट पेश गर्न भनिएको छ ।
यो प्रक्रियामा मूख्य रुपमा दुई व्यक्तिको डीएनए लिइनेछ, तेस्रो व्यक्तिको डीएनए कम मात्र राखिनेछ र त्यसलाई टेस्ट ट्यूबमा विकास गरिनेछ । यो प्रविधि ती दम्पत्तिहरुलाई सहयोग पुग्नेछ, जसमा बच्चा दुर्बलताका कारणले वा माइटोकोन्डि्रयाको विरामीका कारण अकालमा मृत्युको शिकार हुन्छन् ।
माइटोकोन्डि्रयालाई शरीरको पावर हाउस पनि भनिन्छ । माइटोकोन्डि्रयाको कोशिकाले नै शरीरमा उर्जा पुर्याउँछ । विरामीका कारण यी कोशिकाहरुमा कमजोरी आउँछ र यसकै कारण मांसपेशीहरु कमजोर हुन्छन् । बच्चाको शरीरमा माइटोकोन्डि्रयाको विकासमा आमाको डीएनएबाट हुन्छ ।
|