एनसेलको मूख्य कार्यालयमा वैद्य पक्षका कार्यकर्ताद्वारा तोडफोड

 ६ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एनसेलको कार्यालयमा मोहन वैद्य पक्षका मजदुर कार्यकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणबाट कार्यालयका सिसा फुटेका छन् । मोहन वैद्यपक्षीय अखिल नेपाल टे्रड युनियन महासंख र अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले मंगलबार दिउँसो कार्यालयमा आक्रमण गरी तोडफोड गरेका हुन् । करिब ३०/३५ जनाको संख्यामा कार्यालय अगाडि भेला भएका वैद्य निकट मजदुरहरुले कार्यलयमा आक्रमण गरेका थिए ।प्रदर्शनकारीले कार्यालकभित्र पसेर कम्युटर, एनसेल डिभाइस र एफटीबी समेत तोडफोड गरेका छन् । प्रदर्शनकारीको आक्रमणबाट कृष्ण टावरको तल्लो तलामा रहेका सिसा फुट्नुका साथै टावरको माथ्लो भागमा कालो सिसामा ठाउँठाउँमा भ्वाङसमेत परेको छ ।

 आक्रमणबाट कार्यालयको एउटा गाडीमा समेत क्षति पुगेको छ । प्रहरीले गरेको लाठी प्रहारबाट केही कार्यकर्ता घाइते बनेका छन् । प्रहरीले गिरफ्तार गरी भ्यानका हालेका कार्यकार्ताको आाखामासमेत चोट देखिएको छ । कार्यालयमा तोडफोड भएपछि एनसेनका कार्यकर्ताहरु टावरको छतमा भेला भएका थिए । आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरिहरेका बेला प्रहरीले हस्तक्षेप गर्दा आक्रोशित कार्यकर्ता तोडफेडमा उत्रिएको छापाखाना मजदुर नेता जन्मदेब जैसीले अनलाइनखबरलाई बताए । ‘हामी शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं, प्रहरीले लाठी प्रहार गरेपछि यस्तो भयो ।’ जैसीले भने । एनसेलले ८७ जना कामदारहरुलाई नियमविपरीत सेवाबाट हटाएपछि व्यवस्थापनविरुद्ध आन्दोलन गरिएको उनले बताए । तोडफोडपछि कार्यकर्ताहरु भागेको र टीका थापालगायत केही कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको उनले बताए । घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger