आमा बन्ने चाहना छ ? दाँत सफा गर्नुस्

 महिला जो आमा बन्न चाहन्छन् उनीहरुले नियमित रुपमा आफ्ना दाँतको सरसफाइ गर्नु आवश्यक छ । चिकित्सकहरुका अनुसार दाँतको खराबी महिलामा बाँझोपनका लागि उत्तिकै जिम्मेबार हुन्छ, जति मोटोपन बाझोपनमा जिम्मेवार हुन्छ । दाँतको खराबीले गर्भाधारणमा कम्तीमा पनि दुइ महिला ढिला गर्ने दाबी शोधकर्ताहरुको छ । खासगरी दाँत तथा गिँजामा किटाणुले आक्रमण गरेका महिलाहरुमा गर्भाधारणमा असर पुग्छ ।
 गिजा सुन्निने समस्या भएका महिलाको प्रजनन क्षमता कम हुँदै जाने विज्ञहरुको ठहर छ । दाँत तथा गिँजामा हुने समस्या वा खराबीले सिधै रगतमा असर पूराउने र त्यसको खराब असर महिलाको हर्मोन निष्कासन प्रक्रियामा पर्ने बताइन्छ । प्रजनन हर्मोनको निष्कासनमा हुने गडबडीले यौन तथा प्रजनन सम्बन्धी समस्या सिर्जना गर्छ । यसले गर्भाधारणमा ढिलाइ र अझ चरम रुपमा बाँझोपन समेत निम्त्याउन सक्छ । त्यसैले गर्भाधारण गर्ने उमेरका महिलाहरुले दाँत तथा गिँजाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger