विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन सफल हुनुभएको छ । यद्यपि उहाँको पद ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै रहने छ ।
पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए उत्तीर्ण गर्नुभएको हो ।
त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्...
|
|

