पुच्छर भएको बच्चा जन्म्यो..

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ । अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ ।

 फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ । बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा। लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger