१८ सुन्दरीलाई पछि पार्दै इशानी श्रेष्ठ यस वर्षकी नेपाल सुन्दरी घोषित भएकी छिन्। काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यको प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट रनर अप रोजिशा शाही ठकुरी भएकी छिन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। सेकेन्ड रनर अप घोषित श्रीतिमा शाहले मिस इन्टरनेसनल सहभागिता जनाउने छिन्।
|