होलीको रंगले अनुहार बिगार्ला, यी उपाय गर्नुस्...

होलीको रंगले अनुहार बिगार्ला, यी उपाय गर्नुस्... 
विभीन्न रंगहरुको मिश्रण दलेर खेलिने यो होलीमा कहिले काँही अनावश्यक पदार्थहरू समेत शरिरमा पर्दा त्यसले शरिरलाई पनि बेफाइदा पुर्याउन सक्छ । त्यसैले होलीमा प्रयोग गरिने रंगमा विषेश ध्यान दिनु आवश्यक हुन्छ । होलीमा प्रयोग गरिने रातो, हरियो, निलो, पहेंलो अनेकौं रंगहरूले अनुहारको छालामा हानी पुर्‍याउँन सक्छ । अनुहारको छालामा लगाइएको होलीको रंग राम्रोसँग सफा नहुँदा त्यसले छालालाई नकारात्मक असर गर्छ ।

 त्यसैले होलीको सफा गर्दा पनि विषेश ध्यान दिनुपर्छ । यसरी होलीको रंगलाई पुर्ण रूपमा अनुहारबाट हटाउनका लागी विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ । केही त्यस्ता उपायहरू यस्ता छन्...

 - कांक्रोको रस दुई चम्चा, एक चम्चा 'भिनेगर' र आधा चम्चा गुलाव जल मिसाएर मिश्रण तयार गर्ने र उक्त मिश्रणले हातमुख धुने ।

- दुधमा काँचो मेवा पिसेर मिसाउने र त्यसमा मुलतानी मिट्टी र बदामको तेल हालेर बनाइएको लेप अनुहारमा लगाउने । आधा घन्टासम्म त्यतिकै राखेर मुख धुने ।

- चनाको पिठोमा कागतीको रस र दुध मिसाएर लेदो बनाएर छालामा लगाउने र १५–२० मिनेट राखेर मन तातो पानीले सफा गर्ने ।

 - मुलाको रस, दुध र मैदामा मिसाएर बनाइएको पेष्ट अनुहारमा लगाएर केही बेरपछि मनतातो पानीले सफा गर्ने ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger