शिक्षक विहानैदेखि टिल्ल भएपछि रक्सी बेच्नै बन्द

८ फागुन, उदयपुर । शिक्षकहरुले पढाउने काम छाडेर बिहानैदेखि रक्सी पिएर दिन विताउन थालेपछि उदयपुरगढीका बासिन्दाले विद्यालय सञ्चालन हुने समयमा जाँड रक्सी बिक्री वितरण गर्ने कार्य बन्द गराएका छन् । उनीहरुले खान पनि रोक लगाएका हुन् । उदयपुरको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढीस्थित पञ्चवती उच्च माध्यमिक विद्यालयलगायत त्यस क्षेत्रका अन्य तीनवटा विद्यालयमा कार्यरत केही शिक्षकले हरेक दिन ‘अच्छालेकिन बिहानै देखिन’ भन्दै रक्सी पिएर विद्यालयको पठनपाठनमा हेलचेक्र्याइँ गरेका कारण गाउँलेहरुले बिहानदेखि बेलुकी ६ बजेसम्म रक्सी बिक्री गर्न रोक लागएका छन् । शिक्षकहरु रक्सी पिएर विद्यालयमा पढाउन जान थालेपछि विद्यार्थीमा नकारात्मक असर परेकाले मदिरा नियन्त्रणमा लागेको स्थानीय समाजसेवी केशव पाण्डेले जानकारी दिनुभयो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger