प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमत भएका छन्। ‘दलहरु प्रधान न्यायाधीश नेतृत्वमा नयाँ सरकार गठन गर्न सहमत भएका छन्’, बैठकबाट बाहिरिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संवाददाताहरुसँग भने। शीर्ष नेताहरू चार दलीय संयन्त्रले दिएको सुझावअनुसार २०७० साल जेठ २२ गते चुनाव गर्न पनि सहमत भएका छन्। माओवादी र मधेसी मोर्चाले शान्ति प्रक्रिया र मतदाता नामावलीको विषय पनि टुङ्गो लगाउनु पर्ने भएपछि लिखित सहमति हुन नसकेको कांग्रेस नेता विमलेन्द्र निधीले बताए।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|
|
