एसएलसीमा चिट चोरे सबै परीक्षा रद्द हुने

२१ माघ, काठमाण्डौं । एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिए । ‘ऐन नियम फितलो भएकैले गत बर्षसम्म पनि परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निकै धौ धौ पर्‍यो,’ उनले भने, ‘त्यसैले यो बर्ष परीक्षा बोर्डको बैठकबाटै माध्यमिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट चोर्न विद्यार्थीको सबै परीक्षा रद्द गर्ने निर्णय गरेको  खबर छ । अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger