
नेपाली युनिटले भ्यालेन्टाइन डेको अवसरमा नेपाली चलचित्र भ्यालेन्टाइनको गीत सार्वजिनक गरेको छ । भ्यालेन्टाइन डेको अवसर पाररेर चलचित्र प्रदर्शनमा आउने प्रचार गरेको बताईएको छ । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको मुख्य अभिनय रहेको यस चलचित्रमा सुगम पोखरेलको संगीत रहेको छ । पोष्ट प्रोडक्सन कम्पनीहरु मध्ये सफ्ट ईमेज कम्पनीद्धारा निर्माण गरिएको चलचित्र आगामी वैसाखमा प्रदर्शन गरिने बताईएको छ । शुशिल श्रेष्ठको प्रस्तुती रहेको यो चलचित्रलाई सुरज सुव्वा नाल्वोले निर्देशन गरेका छन