नेपाल मै चल्दैन नेपाली नोट

१७ पुस, डोटी । डोटीको सदरमुकामदेखि उत्तरतर्फका करिब २२ गाविसका बासिन्दाले नेपाली रुपैयाँ चलाउन हत्पती मान्दैनन् । यी गाविसमा भारतीय रुपैयाँ चलनचल्तीमा मात्र नभई निरक्षर वृद्धवृद्धाले नेपाली नोट ठम्याउन पनि सक्दैनन् । पूर्वी चौकी र पश्चिम चौकीका २२ गाविसका अधिकांश बासिन्दा भारतमा मजदुरी गर्ने भएकाले यहाँ भारुको चलन बढी भएकोछ। यस भेगमा चल्ने सवारीका साधन, स्कूल, गैरसरकारी संस्था पनि भारु नै प्रचलनमा ल्याउन बाध्य भएका छन् ।
यहाँ त नेपाली नोट कमैमात्र चल्छन्,’ बाँझककानीका रविन्द्र खड्काले भने ‘भारतबाट कमाएर रुपैयाँ ल्याउने बढी भएकाले यस्तो भएको हो ।’ उक्त गाउँबाट प्राय एक घरबाट कामका लागि एक जना भारत जाने गरेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger