चीनमा डाक्टरी पढ्ने विद्यार्थीबाट ५ करोड ठगी

१७ पुस, काठमाण्डौं । चीनमा एमबीबीएस र एमडी पढ्न आधा रकम छुट दिने बहानामा ७० जना विद्यार्थीसँग करिब ५ करोड रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ नगरेको भन्दै चीन गएका विद्यार्थीका आफन्तले सरकारसँग आक्रोस पोखेका छन् । उनीहरुले हाल चीनका चार विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीको भविष्य नविगारिदिनसमेत सरकारसँग अपिल गरेको खबर नेपाल समाचारपत्रले छापेको छ । झन्डै साढे २ बर्षअघि दर्ता भएको कालिमाटीस्थित मदरल्याण्ड च्यारिटेवल फाउन्डेसनले नेपाली विद्यार्थीको लागि क्यानडाबाट च्यारेटी बापत ५० प्रतिशत रकम उपलब्ध भएको र बाँकी ५० प्रतिशत रकम नेपाली विद्यार्थी स्वयम्ले तिर्नुपर्ने जनाउँदै विगत तीन महिनासम्म चीनमा एमबीबीएस र एमडीका लागि विद्यार्थी पठाउने गरेको थियो । उक्त फाउण्डेसन मार्फत चीनमा सञ्चालित साउदर्न विश्वविद्यालयमा एमबीबीएस गर्न ८ जना, लाउनिङगमा एमडी गर्न १७ जना, चाउचाङ विश्वविद्यालयमा एमबीबीएस गर्न ६ जना, सोही विश्वविद्यालयमा एमडी गर्न ८ जना, विङगाओ विश्वविद्यालयमा एमबीबीएस गर्न ११ जना र ताइन्जिन विश्वविद्यालयमा एमडी गर्न २ साथै एमबीबीएस गर्न २५ जना विद्यार्थी चीन गएका थिए । चीनका आधा दर्जन विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीहरुले विश्वविद्यालयले थप अध्ययनका लाग रकम माग गरेपछि आफूहरु ठगिको जानकारी पाएका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger