Featured Post Today
print this page
Latest Post

अस्लिल चलचित्रले बनाउछ अन्धो ..

अश्लिल चलचित्रहरु अहिले इन्टरनेटमा छ्याप्छ्याप्ति पाइन्छन् भने यसलाई हेर्नेहरुको संख्या पनि त्यतिकै छ । अश्लिल चलचित्रले मानिसमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा त रहेको छ नै यसैमाथी यसले नयाँ समस्या समेत ल्याउने विशेषज्ञहरूले बताएका छन् । उनीहरुका अनुसार अश्लिल चलचित्रले मानिसको आँखा समेत अन्धो बनाउन सक्ने उनीहरूको भनाई छ । विशेषज्ञहरूद्धारा हालै गरिएको एक अनुसन्धानले धेरै अश्लिल चलचित्र हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ । विशेषज्ञहरूका अनुसार पोर्न चलचित्र हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पुर्याउँछ र यसले आँखामा रक्तसंचार गराउने नशामा असर गरेर अन्धो समेत बनाउन सक्छ । नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील चलचित्र हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा अन्धो बन्नसक्ने देखाएको छ । 

अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य चलचित्र, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न चलचित्र देखाएका थिए । चलचित्र हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न चलचित्र हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइएको थियो । महिलाहरूमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरूले बताएका छन् ।

विश्वको सबैभन्दा सानो मोबाइल चार्जर

मोबाइलको ब्याट्रीमा चार्ज सकिएर मोबाइल स्विच अफ हुनु र साथमा चार्जर तथा चार्ज गर्ने ठाउँ समेत नहुँदा दिनभरी नै सम्पर्क वीहिन हुनुपर्छ कहिलेकाहीँ । दिनभरीको यात्रामा हिँडेको बेला मोबाइलको चार्ज सकियो भने त अझ झनै ठूला पीडा हुन्छ । तर अब भने यस्तो पीडाबाट मुक्त भइने भएको छ । वैज्ञानिकहरुले यस्ता मोबाइल चार्जरको विकाश गरेका छन् जुन गोजीमा बोक्न मिल्छ र मोबाइलमा घुसाएपछि आफै मोबाइल चार्ज गर्छ । झण्डै साँचो आकारको यो मोबाइल चार्जरले मोबाइल चार्ज गरेपछि केही घण्टासम्म थेग्छ र मोबाइल स्विचअफ हुनबाट बचाउँछ । 

 फ्युल माइक्रो चार्जर नाम दिइएको यो चार्जरबाट मोबाइल फोन चार्ज गर्नका लागि सुरुमा मोबाइलको स्विच अन गरी यो चार्जर मोबाइलमा घुसाउनुपर्छ । त्यसपछि लगत्तै मोबाइलको ब्याट्री चार्जिङ सुरु हुन्छ । अमेरिकाको म्यासाच्युसेट्समा रहेको डेभोटेक कम्पनीले यो चार्जरको निर्माण गरेको हो । कम्पनीले यो चार्जर विश्वकै सबैभन्दा सानो आकारको मोबाइल चार्जर भएको बताएको छ । आकस्मिक तथा अत्यावश्यकीय प्रयोगका लागि यो उपकरण निकै सहयोगी हुने दाबी कम्पनीको रहेको छ ।


  यो चार्जर १.३ इन्च लामो, ०.९ इन्च चौडा तथा ०.५ इन्च मोटो छ । यो चार्जरबाट मोबाइल चार्ज गर्नका लागि सुरुमा यसलाई बिजुलीमा चार्ज गर्नपर्छ । एकचोटी पूरै चार्ज गरेपछि यसले एक महिनासम्म काम दिन्छ र फेरी चार्ज गर्न सकिन्छ । यो चार्जरमा चार्जेबल ब्याट्री राखिएको छ ।

स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन

स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन’
 यहाँ रोजीरोटी खोज्ने भए कानुनको सम्मान गर्नैपर्छः मलेसियन प्रहरी 
रामचन्द्र नेपाल १६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ । दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।

 होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ । मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो । मलेसियन प्रहरी भन्छ- ‘यहाँको कानुन पालना नगरे कडा कारवाही’ यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ । घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो- ‘स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन, त्यो सरासर हल्ला हो ।’ मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग झडप भएको प्रहरीले दावी गरेको छ ।

 घाइतेमध्ये चार जनालाई सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२ जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो । जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो । ‘यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो । दूतावासको बिबरण जस्ताको तस्तै ....


स्रोत : ओंलाइनखबर 

तरुनीले खाइन् १३ हजार आलु

सधै एउटै खानेकुरा खान कसैलाई पनि मन लाग्दैन । मुख फेर्ने वा फरक फरक खानेकुरा खाने मन सबैको हुन्छ । तर बेलायतकी एक युवतीलाई भने सधै आलुमात्र खान मन पर्छ । अरु खाना खान डर लाग्ने हुनाले ती युवतीले आलु मात्रै खान्छिन् । अहिलेसम्म २३ वर्षकी ती तरुनीले १३ हजार दाना आलु खाइसकेकी छिन् । उसिनेका आलु मात्र खाने गरेकी ती युवतीलाई अरु खानेकुरा खान मन नलाग्ने मात्र होइन अन्य खानेकुरा पकाएको बासना समेत मन पर्दैन । तर उनले आलुसँगै पनिर र बर्गर भने खाने गरेकी छिन् ।
   
 क्लेरी जोन नामकी ती युवतीलाई आजकल आलु खाँदाखाँदा हैरान लाग्न थालेको रहेछ । तर आलु खान कसरी बन्द गर्ने भन्ने जुक्ति भने फुर्न सकेको रहेनछ । आफुलाई अरु खाना खाँदा नपच्ने र अरु नयाँ खाना खाँदा विरामी पर्ने उनी बताउँछिन् । ५ वर्षको उमेरमा लडेर खुट्टा भाँचिएपछि अस्पतालमा उपचार गराइरहेको बेला आमाले खानका लागि ल्याइदिने आलुका परिकार खाँदाखाँदा उनी आलुकी पारखी भइन् र अन्ततः आलुमै समर्पित भइन् । आलु मात्र खाँदा उनको स्वास्थ्य समेत बिग्रँदै गएकोमा उनका बाउआमा चिन्तित बन्न थालेका छन् ।

 

स्थलगत अनुसन्धानपछि दूतावसले भन्यो-’मलेसियामा कुनै नेपालीको ज्यान गएको छैन

स्थलगत अनुसन्धानपछि दूतावसले भन्यो-’मलेसियामा कुनै नेपालीको ज्यान गएको छैन’
 रामचन्द्र नेपाल १६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ । दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।

 होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ । मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो ।स्रोत:-ओनलाइन खबर 

दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ

दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ
 १६ चैत, काठमाण्डौ । एक पाकिस्तानी पुरुषसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा दुबईमा एक नेपाली महिला कामदारले जेल सजाय पाएकी छिन् । डि.के. नाम दिइएकी ती २८ वर्षकी नेपाली महिलालाई ३० वर्षका पाकिस्तानी कामदारसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो ।

 ती पाकिस्तानी युवक नेपाली महिला बस्ने घरमा छिरेर अवैध सम्बन्ध कायम गरेको पाइएपछि दुबइको एक अदालतले दुबै जनालाई एक-एक वर्षको जेल सजाय सुनाएको हो । एक दिन ती पाकिस्तानी युवक नेपाली महिलाले काम गर्ने घरमा छिरेरसँगै बसिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । ती नेपाली महिलाले पाकिस्तानी युवकसँगको सम्बन्धबाट गर्भ समेत बोकेको र अहिले उनी ५ महिनाकी गर्भवती रहेको बताइएको छ । अदालती फैसला अनुसार नेपाली महिला कामदार र पाकिस्तानी पुरुष कामदारलाई एक वर्षको जेल सजायँ पछि आ-आफ्नो देश फर्काइनेछ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger