उत्तर कोरियाले आज मिसाइल परिक्षण गर्न सक्ने

२ बैशाख, एजेन्सी । उत्तर कोरियाले केहि दिनदेखी गर्ने भन्दै आएको मिसाइल आज परिक्षण गर्न सक्ने बताइएको छ । उक्त मिसाइलले अमेरिकी सैन्य आधार क्षेत्रसम्म आक्रमण गर्न सक्ने बताइएको छ । उत्तर कोरियाले आज आफ्नो संस्थापक किम इल-सुंगको १ सय १ औ जन्मोत्सवको अवसर पारेर मिसाइल प्रक्षेपण गर्न सक्ने बताइएको हो । समाचारसंस्था एएफपीका अनुसार उत्तर कोरियाले आफ्नो मुख्य सैन्य परिक्षण देशको कुनै विषेश दिनमा गर्ने गरेको इतिहास रहेको छ । यसैले पनि उत्तर कोरियाले आजको दिन मिसाइल परिक्षण गर्न सक्ने आशंका गरिएको छ । उत्तर कोरियाले अघिल्लो वर्षपनि आजकै दिन लामो दुरी मार हान्न सक्ने रकेटको परिक्षण गरेको थियो । जुन असफल भएको थियो । उत्तर कोरियाले गर्न सक्ने मिसाइल परिक्षणलाई लिएर अमेरिका, जापान तथा दक्षिण कोरिया निकै सतर्क भएका छन् । जापानको राजधानी टोकियोको चारैतर्फ प्याट्रियट मिसाइल समेत तयारी हालतमा राखेको छ । जापान ले उत्तर कोरियाबाट आउने कुनै पनि मिसाइललाई खसाल्ने बताएको छ । 

यसैबीच अमेरिकाले उत्तर कोरियालाई शान्त रहन चेतावनी दिएको छ । विदेश मन्त्री जोन केरीले अमेरिकाले आफूलाई सहयोग गर्दै आएका एसियाका सबै देशको सुरक्षा गर्ने बताएका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger