
कम्पनीमा कुटिनु भएको छ ? भनेर गरिएको प्रश्नमा १३.८ प्रतिशतले कुटाई खाएको उत्तर दिएका छन् । ती कामदारहरुले सहकर्मी कोरियाली श्रमिक, कम्पनी प्रबन्धक र साहु स्वयंले कुट्ने गरेको बताएका छन् ।
‘प्रवासी मजदुर जीवन २०१२’ नाम दिइएको उक्त सर्वेक्षणअनुसार १५.४ प्रतिशतले आर्थिक, ११.३ प्रतिशतले स्वास्थ्य, १०.५ प्रतिशतले आवास सम्बन्धी कठिनाई भएको बताएको खबर कान्तिपुर दैनिकमा खबर छ । सर्वेक्षणमा कम्पनी सञ्चालकले कोरियाली श्रमिकलाई उच्च सम्मान र प्रवासी कामदारलाई हेय दृष्टिले हेर्ने संस्कृतिको अन्त्य हुनुपर्ने निष्कर्ष निकाल्दै यही संस्कृतिका कारण उत्पादनमा समेत ह्रास आउने गरेको उल्लेख गरिएको छ ।
|