असर
धूमपानले मानिसको प्रजनन क्षमतामा नकारात्मक असर पूराउने पछिल्लो अध्ययनले पुष्टि गरेको छ । अध्ययन अनुसार चुरोट बिँडीको धुवाँ पुरुषको शुक्रकिटका लागि हानिकारक हुन्छ । आफुले धूमपान गर्दा मात्र होइन धूमपान गर्ने व्यक्तिको नजिक बसेर धुँवा लिँदा समेत त्यसको मूल्य तपाइँले चुकाउनुपर्ने हुन्छ ।
अर्थात् चुरोटको धुवाँ चाहे जुन प्रकारले तपाइँको फोक्सो भित्र जाओस् त्यसले दीर्घकालमा शुक्रकिटको संख्या घटाउँछ र महिलाहरुको हकमा गर्भ खेर जाने खतरा बढ्छ ।
अध्ययनका क्रममा शोधकर्ताहरुले जनावरको पिँजडामा गएर दुइ हप्तासम्म प्रतिदिन २० देखि ९० मिनेटसम्म धूमपान गरे । त्यसपछि उनीहरुले शुक्रकिटको त्यो भागको परीक्षण गरे जुन भागमा पर्ने असर सन्तानलाई खरामा पार्दछ । अध्ययनकर्ताहरुका अनुसार उतिसारो स्वस्थ शुक्रकिट नभएका मान्छेहरुमा धूमपानले शुक्रकिटमा दोब्बर असर पूराउँछ । त्यस्ता पुरुषको शुक्रकिटबाट गर्भाधान हुने बच्चा अस्वस्थ हुने खतरा रहन्छ ।
|