प्रहरीको विरोधमा जिल्ला बन्द

३ बैशाख, सप्तरी । नेपाल स्वतन्त्र मजदुर संगठन सप्तरीले प्रहरी प्रशासनको विरोधमा आज विहानैदेखि सप्तरीको यातायात सेवा वन्द गराएको छ । प्रहरीले एकपक्षिय मुचुल्का तयार गरी षड्यन्त्र पुर्वक सवारी चालकलाई फसाएको आरोप लगाउदै संगठनले यातायात सेवा वन्द गराएको हो । वन्दका कारण सदरमुकाम राजविराजवाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

 जसका कारण विहानैदेखि सप्तरीका सर्वसाधारणहरुको जनजिवन प्रभावित भईरहेको छ । गत चैत १ गते पुर्वपश्चिम राजमार्ग अन्तर्गत जण्डौल सडक खण्डमा भएको यात्रुवस दुर्घटनामा प्रहरीले पैसाको प्रलोभनमा परि एक पक्षिय मुचुल्का तयार गरेको र चालकलाई फसाएको संगठनको आरोप छ । दुर्घटनामा ना४ख २११४ नंम्वरको वसको ठक्करवाट एसएलसी परिक्षा सकेर घर फर्कदै गरेकी एक छात्राको मृत्यू भएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger