अविवाहित महिलाले तन्नेरी भन्दा कुकुर मन पराउँछन्

अविवाहित महिलाले पुरुष भन्दा कुकुरलाई बढि मन पराउने गरेको एक अध्ययनले देखाएको छ । कुकुर बिरालोको स्याहार सम्बन्धि काम गर्ने एक संस्थाले गरेको अध्ययनले बढि भन्दा बढि एकल अर्थात् अविवाहित महिलाले दुइखुट्टे तन्नेरीलाई भन्दा चारखुट्टे कुकुरलाई बढि विश्वसनीय तथा इमान्दार साथीको रुपमा रोज्ने गर्छन् । 

 ‘अघिल्लो वर्ष हाम्रो ६० प्रतिशत व्यापार अविवाहित तन्नेरी महिलाले गरिदिएका छन् । पछिल्लो समय यो क्रम बढिरहेको छ । खासगरी कुकुरलाई रोज्ने महिलाहरु अविवाहित तथा व्यस्त महिलाहरु रहेका छन्’ समाचारमा भनिएको छ । महिलाहरु कुकुरलाई सँगै अफिसमा ल्याउने, घर लैजाने तथा विस्तारामा समेत सँगै सुताउने गरेको समेत पाइएको छ । डग साउथ वेल्स नामक संस्थाका अनुसार कुकुर पछिल्लो समय महिलाका लागि बच्चाको विकल्प समेत बन्न थालेको बताइएको छ । 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger