टेक्नोलोजी जाएन्ट गुगल र माइक्रोसफ्ट दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । गुगलले यो वर्ष सन् २०१३ को पहिलो तिन महिनामा अघिल्लो वर्षको सोही वर्षको तुलनामा १६ प्रतिशत बढि नाफा आर्जन गरको छ । यो अवधिमा गुगलले ३ अर्ब ३५ करोड अमेरिकी डलर खुद नाफा गरेको छ ।
जबकी माइक्रोसफ्टले सोही अवधिमा ६ अर्ब अमेरिकी डलर नाफा गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले नाफा बढाएको छ ।
विन्डोज ८ ले उतिसारो सफलता नपाएको तथा विश्वव्यापी रुपमा पर्सनल कम्प्युटरको बिक्रि समेत घटिरहेको अवस्थामा माइक्रोसफ्टले आर्जन गरको नाफा आश्चर्यजनक रहेको विश्लेषकहरुको भनाइ छ ।
खासगरी आफ्नो बिक्री रणनीतिमा परिवर्तन गर्ने तथा कर्पोरेट ग्राहकहरुलाई समात्न सफल भएकाले माइक्रोसफ्टले नाफा आर्जन गर्न सफल भएको विश्लेषण गरिएको छ । जबकी गुगलले नाफा बढाउनुमा अनलाइन विज्ञापनमा भएको वृद्धि मुख्य मानिएको छ । विज्ञापनबाट मात्र गुगलले १४ अर्ब कलेक्सन गर्न सफल भयो । यसबाट गुगलले विज्ञापनदाताको विश्वास आर्जन गर्न सफल भैरहेको देखिएको विश्लेषकहरुको भनाइ छ ।
गुगल र माइक्रोसफ्टले नाफा कमाउँदा अर्को कम्पनी आइबिएमले यो वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा घाटा बेहोरेको छ ।
|