अब मान्छेले देख्ने सपना पनि पढ्न सकिने भएको छ । साँच्ची कस्तो अचम्म । उठ्दावित्तिकै धेरैले भुल्ने सपना कसरी पढ्न सकिन्छ होला ? तर जापानी वैज्ञानिकहरुले यो सम्भव बनाएका छन् ।

त्यसपछि उनीहरुले त्यो सुत्नेवालालाई जगाए र सुतेको बेला कुन सपना देखेको ? भनेर सोधे । यो प्रक्रिया २ सय पटक दोहोराइयो ।
यसरी सुत्ने र सपना देख्नेले दिएको उत्तर एम आर आइ बाट प्राप्त मस्तिष्कको चित्रसँग दाँजियो । त्यसपछि तुलनात्मक डाटावेस तयार पारियो ।
यस्तो तुलनात्मक अध्ययनबाट उक्त मान्छेले देख्ने सपनाको बारेमा ७० प्रतिशत सम्म अनुमान ठीक देखियो । यसक्रममा विभिन्न मान्छे, शव्द तथा किताबको बारेमा देखेका सपनाको अनुमान गर्दै ती सपना देख्ने मान्छेलाई सोधिएको थियो । यो सँगै वैज्ञानिकहरुले गन्ध, रंग तथा संवेग लगायतका विषयका सपनाको पनि दिमागी चित्रद्धारा अध्ययन गर्न सकिने विषयको खोजी गरिरहेका छन् ।
|