४ वैशाख, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन र लगत्तै भार जाने तारतम्य कसरी मिल्यो ? असारमा चुनाव हुन नसक्ने थाहा हुँदाहुँदै पनि असारमै चुनाव घोषणा हुनुपर्छ भन्ने उनको अभिव्यक्ति र असारमा भएन भने मंसिरमा पनि हुँदैन भन्ने घोषणासँग यस भ्रमणको के तालमेल छ ? अहिले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफू निकट मन्त्री तथा निकटस्थहरुसँग यस विषयमा सोधखोज गर्न थाल्नुभएको छ ।
बुधबार प्रकाशित बुधबार साप्ताहिकको खबर अनुसार आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई हटाएर आफैं प्रधानमन्त्री बन्न गाह्रो भएको र काँग्रेसलाई नेतृत्व दिने हो भने फुत्काउन झन् गाह्रो हुने निष्कर्षका साथ प्रचण्डले आफूलाई कार्डका रुपमा अघि सरोको भन्ने कतिपयको विश्लेषण सही हो कि भन्नेबारेमा रेग्मीलाई यतिबेला आशंका उत्पन्न भएको छ ।
असारमा चुनाव हुनै नसक्ने अनि मंसिरमा चुनाव हुन नदिने प्रचण्डको योजनाका पछाडि त्यसपछि रेग्मीलाई विदा गरेर आफैं प्रधानमन्त्री बन्ने योजना रहेको आशंका रेग्मीले यसअघि नै नगरेको होइन् । त्यही भएर पहिला असारमा चुनाव घोषणा गर्न राजी भएका उनी पछि त्यो चुनाव नहुने पक्का भएको अवस्थामा मिति घोषणा गरिसकेर मंसिरका लागि सार्दा असारमै हटाइदिने सूचना पाएका कारण पछि हटेका हुन् ।
स्रोतले भन्यो ‘सरकारले चुनाव घोषणा गर्नका लागि तयारी गरिरहेका बेला एक्कासि प्रचण्ड पहिला चीन र त्यसपछि भारत जान लागेको सूचना बालुवाटारमा आइपुग्यो, जतिबेला उनको भ्रमणका बारेमा बाहिर कुनै सूचना आएको थिएन । त्यसबाट उहाँ झस्किनुभयो र यसका पछाडि रहेका कारणहरुका बारेमा छलफल सुरु भयो ।’ त्यही छलफलको निष्कर्षका आधारमा तत्काल चुनाव घोषणा नगर्ने बरु मोहन बैद्यसहितका सबैदललाई आग्रह गरिने सल्लाह भएको थियो ।
सोही बमोजिम रेग्मीले मन्त्रिपरिषदको बैठकबाट असन्तुष्ट दलहरुसँग बार्ता गर्नका लागि गृहमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली पनि गठन गरेका थिए, जसले आजसम्म औपचारिक रुपमा वार्ताका लागि कुनै पहल नै गरेको छैन् । स्राृेत भन्छ ‘यो समितिले वार्ता गर्ने हैसियत पनि राख्दैन र त्यसरी समितिसँग वार्ता गरेर अहिलेको समस्या टुंगिने पनि होइन् । यस्तो अवस्थामा अलमल्याउनका लागि र सरकारले केही गरिरहेको छ भन्ने देखाउनका लागि नै यो समिति गठन भएको हो भनि ओनलाइन खबरले छापेको छ ।’
|