६ वैशाख, बोष्टन । अमेरिकाको म्यासाचुसेट्स राज्यमा रहेको म्यासाचुसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजमा आज गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहीवार साँझ बन्दुधधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षागार्डको मृत्यु भएको हो । गोली लागेर ढलेका उनलाई उपचारका लागि अस्पताल पुर्याएपछि मृत घोषित गरिएको सीएनएनले जनाएको छ ।
दुई दिनअघि तीन जनाको ज्यान जाने गरी बिष्फोट भएको बोष्टन सहरनजिकै रहेको कलेजमा आज गोली चलेको हो । तर बमकाण्ड र गोलीवीच कुनै सम्बन्ध रहे/नरहेको अहिलेसम्म स्पष्ट नभएको क्यामब्रिज पुलिस डिर्पाटमेन्टले जनाएको छ ।
|