भतिजी बेच्नेलाई १२ वर्ष कैद

भतिजी बेच्नेलाई १२ वर्ष कैद 
 २९ चैत, सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै भतिजी बेचेको अभियोगमा फटकशीला गाविस-१ निवासी रामचन्द्र सार्कीलाई १२ वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको छ । 
जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले सार्कीबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ । मानव वेचविखन तथा ओसारपसार विरुद्ध ऐन २०६४ को दफा १५ (१) को ‘ङ’ २ वमोजिम कसुरदार ठहर गरेको अदालतबाट जानकारी प्राप्त भएको छ । उक्त ऐनअनुसार युवती बेचेको पुष्टि भए कसुरदारलाई १० वर्ष कैद तथा ५० हजार जरिवाना र बालबालिका बेचेको कसुरमा १० देखि १२ वर्ष कैद तथा रु लाखसम्म जरिवाना हुने व्यवस्था छ । पीडित १३ वर्षको उमेरमा बेचिएकी थिइन् । किशोरीलाई २०६७ सालमा शक्ति समूहले उद्धार गरि स्वदेश फर्काएको थियो । पीडितले २०६८ मा काकासहित अन्य तीन जनाविरुद्ध किटानी जाहेरी दिए पछि पीडक सार्की २०६८ चैतमा पक्राउ परेका थिए । मानव वेचविखन अभियोग लागेको भोटेचौर गाविसका राजु तामाङ र सुवास सार्की फरार रहेको प्रहरीले जनाएको छ । रासस
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger