मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा

 खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ । मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन : ·
 बदाम
 · नरिवलको पानी
 · नौनी घिउ
 · ओखर
 · केरा
 · काजू
 · ब्राउन राइस
 · पेस्ता
 · आलु
 · सिमी 
 · पनीर 
 · अण्डा 
 · साल्मन तथा झिँजे माछा, मासु
 · किसमिस 
 · चिज यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger