सेक्स मायाको चरम रूप हो र सेक्स विवाहपछि नै ठीक-नायीका रेजीना

 टेलिचलचित्र चेतनामा जुनकिरीको भूमिकामा अभिनय गरेपछि नायीका रेजिना उप्रेतीलाई चलचित्रमा राम्रै अफर आयो । त्यसपछि धेरै चलचित्रमा अभिनय गरेकी उनले दर्जनौ गीतहरूको म्युजिक भीडियोहरूमा समेत देखा परेकी छिन् । विदेश गएर खुसुक्क बिहे गरेको कुरा साँच्ची हो र भनि सोद्धा नायीका उप्रेतीले केही पत्रकारहरुले अरू केही इश्यु नभएको कारण यस्तो लेखेको हुन सक्ने भन्दै उनले आफू नहुँदा पनि आफ्नो खोजी हुने गरेको यसले थाहा दिएको भन्दै खुसी व्यक्त गरेकी छिन् । केही समयअघि आफूलाई मन पराउने जोकोहीले पनि आफ्नो हात माग्न घरमा नै आउन आग्रह गरेपछि उनको चर्चा निकै चुलिएको थियो । यसै विषयमा केन्द्रित भएर नायीका रेजीना उप्रेतीसँग गरेको कुराकानीको संपादित अंश : बिहे गर्ने बेलामा खुलमखुल्ला हात माग्न सबैलाई आग्रह, कुरो अलि बुझिएननी ? कुरा स्पष्टै छ त । मलाई कसैले पनि मायाँ गर्नुहुन्छ भने कसैलाई पनि रोकतोक छैन । मेरो घरपरिवारसँग खुलेरै कुरा गर्दा हुन्छ डराउनुपर्दैन मात्रै भनेकी हुँ । त्यसो भए अफेयर कसैसँग छैन ? कसैसँग अफेयर भएको भए मैले यसरी अरूलाई प्रेम पस्ताव राख्न र कसैलाई मन लागेको छ भने घरमा आउनुस भन्थे होला र । नाईँ नाईँ मेरो अहिलेसम्म कसैसँग पनि अफेयर भएन र छैन पनि । सेक्सलाई कसरी बुझ्नुहुन्छ ?
 हरेक वश्यकहरुले जसरी बुझेका छन् मैले पनि त्यसरी नै बुझेकी छु । यस विषयमा मैले धेरै बोल्नुपर्छ भन्दिन । मैले बुझे अनुसार यो मायाको चरम रूप हो र श्रीमान-श्रीमतीबीच हुने अति आत्मीय सम्बन्ध पनि हो । अर्को कुरा वशं सञ्चालनका लागी नभै नहुने कुरा पनि हो आजभोली युवाहरू विवाह पहिल्यै यस्तो खालको सम्बन्ध राख्न खोज्छन् नी ? यो सम्बन्ध समय र परिस्थीती अनुसार हुने कुरा हो । मन मिल्छ भने नो मेन्सन । वयस्क युवा-युवतीबीचको त्यस्तो सम्बन्धमा म खराबी देख्दिन । मन नमिलीकन सम्पर्क गर्नु चाहि राम्रो हैन । थाहा छ तपाईको नामको अर्थ के हो ? सरी थाहा भएन । तपाई घमण्डी की स्वार्थी? म यिनी दुवै बानी नभएकी मान्छे हो । न त घमण्डी छु न त स्वार्थी नै । जहाँ गएपनि कुन दुईकुरा बोकिरहनुहुन्छ ? मोबाईल र पैसा कहिल्यै छुटाउँदिन । आफ्नै हातले के कुरा मिठो बनाउन जान्नुभएको छ ? घरमा दाल, भात, तरकारी लगायतका परिकार ठिकै बनाउन जानेकी छु । अबको २५ वर्षछि तपाई कस्ती मान्छे ? म त ज्यानले साथ दिँदासम्म चलचित्रमै काम गर्ने हो । त्यतिबेलापनि चलचित्रमै काम गरिरहेकी हुन्छु होला । ज्यादै भेट्न मन लाएको सेल्रिब्रेटी ? शाहरूख खान । कुन सेलिब्रेटी देख्दा सेक्स डिजायर बढेर आउँछ ? त्यसरी कसैलाई हेरेकी छैन मैले । विवाह अघिको सेक्स सम्बन्धलाई कसरी लिनुहुन्छ ? विवाह अगाडी सेक्स सम्वन्धलाई हाम्रो समाजले राम्रो मान्दैन । विवाह पछाडिनै राम्रो । एकदमै सेक्सी कुनै दुई सेलिब्रेटी ? ऋतीक रोशन र आर्यन सिग्देल । डेट जान मन लाएको पुरूष ? शाहरूख खान । तपाईको कुन कुरा सेक्सी छ जस्तेा लाग्छ ? यो त मैले भने कुरा हैन अरूले भन्ने कुरा होनी त । हेर्ने मान्छेको आखाँमा भर पर्ने कुरा हो । तर धेरै जसोले मलाई शारीरिक बनावट नै सेक्सी छ भन्छन् । 
तपाईलाई एकदमै रिस उठयो भने के गर्नुहुन्छ ? टिभी हेरेर वस्छु । घुम्न मन लागेको देश ? स्विजरल्याण्ड जान साह्रै मन लागेको छ । जिन्दगीमा अब के गर्न बाँकी छ जस्तो लाग्छ ? बिवाह । नायीका भएपछि के कुरामा खुसी हुनुहुन्छ ? नेपाली जनताको मन जितेकी छु । फिल्म नपाएर चलचित्र निर्माणतिर लाग्नुभएको त हैन ? हैन, अब फिल्म खेल्ने पनि अनि बनाउनेपनि । वर्षमा एउटा मुभी बनाउने सोच छ । अन्त्यमा, तपाईको चलचित्र बरदानको बारेमा केही भन्नुहुन्छ की ? म र कविता श्रेष्ठजी मिलेर चलचित्र बरदान बनाएका छौ । निकै मेहेनत गरेर यो चलचित्र बनाएका हौ । एकपटक हेर्न हल सम्म पुगीदिनुहोला । वरदान फागुन २५ गते अल नेपाल रिलीज हुदैछ । चलचित्रको वारेमा कुरा गर्दा यो कमेडी तथा पारिवारीक चलचित्र हो । एउटा राम्रो म्यासेज छ यो चलचित्रमा । प्रेमीहरू र घरपरिवारसँगै बसेर हेर्न मिल्ने खालको चलचित्र बनाएका छौ । हामीले धेरै ठाउँ च्यारीटी शो पनि गरीसकेका छौ । त्यतातिरबाट पनि राम्रो रेस्पोन्स आएकोले लगानी उठ्छकी आशा राखेका छौ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger