काठमाडौको महांकाल गाविसमा गोल्फुटारमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । ६५ बर्षीया आमा चैनी सुब्बा र उनकी ३५ बर्षीय छोरी अनु सब्बा आफ्नै घरमा मृत अबस्थामा फेला परेका हुन् । उनीहरुको मृत्युका विषयमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले केही जनाएको छैन । आमा शौचालयमा झुन्डिएको र छोरी शयन कक्षको भुईमा पल्टिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ । संखुवासभा स्थायी ठेगाना भएका उनीहरु १२ बर्षदेखि गोल्फुटारमा घर बनाई बस्दै आएका थिए । पाहुना बस्न गएकी भतीजी मिलन लिम्बुले आमाछोरी मृत अवस्थामा फेला परेको खबर छिमेकीलाई दिएकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|
|
