चैत्र , ६ ,एउटा राम्रो र बरिष्ठ गायकको रुपमा रामकृष्ण ढकाललाई चिनिन्छ। उनलाई धेरैले नारायण गोपालको आवाज भएको गायक भनेर पनि चिन्ने गर्छन् । गायन पेशामा राम्रो आम्दानी गर्न सफल भएका गायक पनि यिनी नै हुन ।
कमाई राम्रो भएता पनि ढकाल परिवार आफ्नो कमाई भन्दा धेरै खर्च गर्छन् अरे । खर्च धेरै गर्नले र बैंकबाट घर जग्गा खरिद गर्न लिएको ऋण तिर्न नसकेपछी ढकाल कि धर्मपत्नी निलम शाह ढकाललाई लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाले ऋण तिर्नको लागि २१ दिने म्याद दिई सुचना जारी गरेको छ सहकारीको बारम बार मौखिक र सुचना बाट सम्पर्क गर्दा पनि ढकाल परिवारले वास्ता नगरेको कारणले गर्दा सहकारीले यस्तो सुचना प्रकाशित गरेको हो । २१ दिने अवधीको सुचनालाई पालना नगरेको खण्डमा घरलाई लीलामी गरेर ऋण असुल गरिने चेतावनी सहकारीले दिएको छ। भैसेपाटीमा बस्दै आएका ढकाल परिवारले पहिले पनि बसेको घरको ऋण तिर्न नसकी, त्यस घरलाई बेचेका थिए ।
|