७ चैत, काठमाण्डौं । ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि’ भन्ने उखानजस्तै भएको साउदी अरबमा अलपत्र परेकी झविकला सार्कीलाई । सात छोराछोरी र पाँच नातिनातिनी भएकी झविकला यतिबेला घर फिर्ने दिन कुर्दै छिन् ।
गुल्मी, गौडाकोट ७ घुम्टेकी ५० बर्षकी झविकला ६ बर्षअघि घरेलु कामका लागि साउदी गएकी थिइन् । बुटबल खैरेनीका गुरुप्रसाद भन्ने एजेन्टमार्फत मुम्बईको बाटो हुँदै उनी साउदी पुगेकी हुन् ।
अवधि सकिएपछि पनि विभिन्न बहाना बनाएर फर्किन नदिएपछि ६ बर्ष वित्यो । र्फकन नपाएपछि उनका पछिल्ला दिन कष्टकर बने । एक आफन्तले दूतावासमा फोन गरेर जानकारी दिएपछि आइतबार साहूको घरबाट उनको उद्धार भएको छ ।
‘आफन्तले फोन गरेपछि पत्ता लगाएरु उद्धार गरी दूतावास ल्याएका छौ,’ राजदूत उदयराज पाण्डेले भने ‘अहिले प्रहरी प्रक्रियामा छ, सात/दश दिन भित्र देश र्फकन्छिन् ।
|