गुगलले ल्याउने भो ‘बोल्ने जुत्ता’(भिडियोसहित)

 सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ । गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ । 

 गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’ कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।

 गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन ।
भिडियो हेर्नुहोस्.. 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger