बिहेको भोलिपल्टै गहना लिएर बेहुली बेपत्ता

५ फागुन, हेटौंडा । बढ्दो महत्त्वाकांक्ष, देखासिकी र पारिवारिक माया-प्रेमको कमी महसुर गर्ने महिला तथा किशोरीहरु आफूखुसी बेपत्ता हुने क्रम बढ्दो देखिएको छ । दुई दिन अवधिमा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा परेका निवेदनहरु हेर्दा सामाजिक परम्परा, मान्यता र प्रचलनका कारण छोरीहरु परिवारमा चुपचाप रहने तर त्यसको आशय अभिभावकले बुझ्न नसक्दा यस्ता घटना बढ्दै गएको देखिन्छ । माघ २९ गते सर्लाहीको सोल्टी बजारबाट बिबाह गरेर हेटौंडा नगरपालिका ११ कृष्णमन्दिर राडस्थित लामिछानेको परिवारमा बुहारी बनेर भित्रिएकी एक महिला त्यसको भोलिपल्ट प्रीतिभोज सकिएलगत्तै सुन र चाँदीका गरगहनासहित बेखबर बनिन् ।
 सुनका दुईवटा टप र एक/एक ओटा सिक्री, मंगलसुत्र, तिलहरी, फूली र चाँदीका गरगहनासहित फागनु १ गते राति करिब साढे ८ बजे बेपत्ता बुहारी खोजिदिन परिवारजनले प्रहरीमा निवेदन दिएको खबर छ । छरछिमेकका अनुसार लामिछाने परिवारले बडो दुःख गरेर बुहारीका लागि गरगहना जोडेका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger