
मध्य रूसमा शुक्रबार खसेका उल्का पिण्डले भौतिक क्षति भएको छ भने एक हजार भन्दा धेरै ब्यक्ति घाइते भएका छन ।उक्त उल्कापिण्ड मध्य रुसको चेल्याबिन्स्क प्रान्तमा खसेको थियो जसका कारण घर भात्किएका थिए भने आवाज र पिण्डको घर्षणका कारण कैयौ घरका सिसा फुटेका थिए । बिहानी सफा आकाशमा उल्कापिण्ड आगोको डल्लोको रुपमा प्रष्ट देखिएको थियो ।उल्कापिण्ड भुइमा खसेपछि बिषाल आवाज आएको थियो । सो घटनापछि रुसी जनतामा त्रासको वातावरण सिर्जना भएको थियो । भिडियो हेर्न तल क्लिक गर्नुस्..