काठमाडौ,फागुन ०९ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि थाइल्यान्डको राजधानी बैँककस्थित समितिवेज अस्पतालमा उपचार भैरहेको छ । पारस विगत लामो समयदेखि परिवारसहित थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका थिए । पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । पारसको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ।
|
|
