उल्कापिण्डको टुक्रा खस्दा रुसमा ९ सय घाइते (भिडियोसहित)

४ फागुन, काठमाडौं । रुसमा उल्कापिण्डको टुक्रा खस्दा १२ विद्यालयसहित ३ सय घर भत्किएका छन् भने घर भत्किएर र शिशा फुट्दा कम्तीमा ९ सय घाइते भएका छन् । उल्कापिण्डले ६ बटा शहरमा क्षति पुगेको छ । यूराल शहरमा उल्कापिण्डको ओगो झै टुक्रा उड्दै गएको देखिएको थियो, जसका कारण श्रृखलावद्ध विस्फोट भएको रुसको आन्तरिम मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीयका अनुसार धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरुको अलार्म बजेको थियो । उल्कापिण्डको टुक्रा चेल्याबिन्स्क शहरबाट २ सय किलोमिटर उत्तरस्थित येकातरीनबर्गमा खसेको देखिएको एक प्रत्यक्षदर्शीले बताएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार जस्ता उद्योगको छतको ६ सय वर्गफीट ध्वस्त भएको छ ।

 भिडियो हेर्नुस

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger