मुम्बई, पुस १७ के तपाँइ ब्रिटनी स्पेयरको फ्यान हो ? त्यसो हो भने थप खुशी मनाउनुस्। बेलायतकी यी पप गायिकाले भारतीय फिल्ममा गीत गाउने भएकी छिन्। एक दैनिकका अनुसार फिल्म निर्माता सदानन्दन लुसकामले आगामी हिन्दी फिल्मका लागि उनलाई गायिकाकारुपमा सम्झौता गराइसकेका छन्। ब्रिटनीले उक्त फिल्ममा स्वर दिनुका साथै प्रमुख ट्र्याकमा बलिउड शैलीमा कम्मर मच्चाउने बम्बे टाइम्सले छापेको छ। सदानन्दले यो टेब्लोइडलाई दिएको जानकारीअनुसार ब्रिटनीको गीत फिल्मको एउटा महत्वपूर्ण अंश हुनेछ। उनले गाउने गीत हिन्दी भाषामा र केही अंश अंग्रेजी मिसिएको हुने बताइएको छ। यसका लागि निर्माताले रकम उपलब्ध गराइसकेका छन्। फिल्मका कलाकारको नाम भने सार्वजनिक गर्न बाँकी नै छ।
|
|

