न्यूयोर्क पुगेर रणवीर र कट्रिनाको मस्ती

 सलमान खानको प्रेमबाट टाढिएकी नायिका कट्रिना कैफको नाम आजकल अर्का नायक रणवीर कपुरसँग जोडिन थालेको छ । पछिल्लो समय रणवीर र अभिनेत्री कट्रिनाबीच भित्रभित्रै केही चलिरहेको छ भन्ने उनीहरूको बानिब्यहारबाट थाहा पाउन सकिन्छ । यसैबीच अंग्रेजी नयाँवर्षको अवसर यी दुइलार्इ सँगै भेटेको दाबी भारतीय सँचारमाध्यमले गरेका छन् । समाचारका अनुसार कट्रिना नयाँवर्षको उत्सव आफ्नो परिवारसँग मनाउन लन्डन गएकी थिइन् ।
अर्कोतर्फ रणवीर भने न्यूर्योक पुगेका थिए । त्यसपछि कट्रिना लन्डन छाडेर रणवीर भेट्न न्यूर्योक पुगिन् र दुबैसँगै भएर नयाँवर्षको स्वागत गरे । रणवीर र कट्रिनालाई न्यूर्योकमा एकसाथ नयाँवर्षको उत्सव मनाईरहेको भेटिएको जनाइएको हो । यी दुबैले यो कुरालाई लुकाउने प्रयत्न गरेपनि समाचार भने बाहिर आएको बताइएको छ । पछिल्लो दिनमा यी दुईलाई भारतमा पनि सँगै देखिने गरेका छन् । यसै पनि यी २ का सम्बन्धमा बेलाबेलामा खबरहरु सार्वजनिक त हुँदै आएकै हुन् । तथापी यी दुबैले आफूहरु साथी मात्रै भएको प्रतिक्रिया दिईरहेका छन् भने न्यूर्योक भेटका बारेमा रणवीर र कट्रिनाकोतर्फबाट पुष्टी नगरिएको जनाइएको छ । बलिउडमा रणवीरसँग कैटरिनाले २ फिल्ममा सँगै काम गरेकी छिन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger