
१९ पुस, चितवन । चितवनको माडीमा जंगली हात्तीले फेरी पनि आतंक मच्चाएको छ । पछिल्लो तीन दिन लगातार बस्तीमा पसेर घर भत्काउने, अन्न नष्ट गर्ने गरेको हात्तीले गएराती पनि माडी अयोध्यापुरी ९ मा तीन वटा घर भत्काएको छ । अयोध्यापुरी ९ प्याउली वस्तीका सावित्री सापकोटा, केदार सापकोटा र कुमार तामाङको फुसको घर भत्काउनुका साथै घरमा रहेको अन्न पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सावित्री सापकोटको घरमा रहेको मकै, धान नष्ट गरेको हात्तीले टिभी पनि फुटाई दिदा ५० हजार वरावरको क्षति पुर्याएको छ ।
यस्तै केदार सापकोटाको घर भत्काउदा करिव १० हजार र तामाङको पनि घर भत्कदा ५ क्वीन्टल धान र मकै नष्ट भएको छ । राती वस्तीमा हात्ती पसेपछि उनीहरुले भने भागेर ज्यान जोगाएका छन् । माडीवासीको सुरक्षाका लागी भन्दै २० जनाको शशस्त्र प्रहरीको टोलीसमेत सञ्चालन गरिएको छ । जंगली हात्ती पनि खाने आहारका लागि वस्तीमा पस्न थालेपछि माडीवासी त्रासमा जीवन विताउन वाध्य भएका छन् । दुई हप्ता अघि धु्रवे नामको जंगली हात्तीले जनधनको क्षती पुर्याए देखिनै सो क्षेत्रका वासिन्दा त्रासमा जीवन विताउन वाध्य भएका हुन् ।