आफ्नै चौपाया भारतीय चोरसँग किन्नुपरेपछि

१४ पुस, झापा । बेलुका गोठमा बाँधेका चौपाय बिहान गोठमा हुँदैनन् । भारत पुगेर आधार मोल तिरेर ती चौपाया ल्याउनुपर्छ । झापाका सीमा क्षेत्रका बासिन्दाले बर्षौदेखि भोग्दै आएको नियति यस्तै छ । खुल्ला सीमानाका कारण भारतीय चोरहरुले सीमावर्ती गाविसका बासिन्दाहरुको चौपाय चोरेर सिमापार लैजाने र रकम लिएर चौपाया धनीलाई नै फिर्ता गर्ने गरेको गोरखापत्र दैनिकमा खबर छ । बर्षौदेखि सीमा क्षेत्रका बासिन्दाहरु यस्तो बाध्यतामा पर्दै आएका छन् । ‘आफ्नै गोठका चौपाया चोरी हुन्छन् र चोरी भएको चौपायलाई उल्टै दाम तिरेर ल्याउनुपर्छ,’ राजगढका रेवतीप्रसाद दाहालले भन्नुभयो । मंसिरको दोस्रो सातामा उहाँको गाउँबाटै हल राँगा चोरी भयो । राँगा खोजी गर्नेक्रममा भारतको हरुवाडाँगामा पुर्‍याएको थाहा पाएपछि त्यहाँ पुगेर आफुले बीस हजार रुपैयाँ तिरेर किनेर ल्याउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राँगा भएको ठाउँमा पुग्दा पन्ध्र हजारमा किनेर एक साताभन्दा बढी पाल्दा पाँच हजार खर्चभएको दाबी गरेपछि बीस हजार मागेकाले मागेजति दिएर ल्याए ।’
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger